Banner ad for NADA AUTO SHOW -2026

बालेनले स्थापितलाई भोट मागे

2.6K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाहबीच जम्काभेट भएको छ ।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको सिनामंगल क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो। भेटमा दुवैले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए।

बालेन शाहले स्थापितलाई भेटेरै  खुलेरै  स्थापितलाई  भोट मागेका थिए। बालेन शाहले स्थापितलाई जिताउ भनेर भोट मागेका छन्।

civil hospital
Hams Hospitals