भोलि राति १२ बज्यदेखि के–के गर्न पाईंदैन ?

Ghorahi cement

भोलि राति १२ बजेपछि स्थानीय तहको निर्वाचनको निम्ति मौन अवधि सुरु हुँदैछ । स्थानीय चुनावमा कसलाई मत दिने ? भनेर मतदातालाई मतदानमा केन्द्रित गराउन निर्वाचन हुनुअघि मौन अवधि शुरु गरिन्छ ।

मौन अवधिभर राजनीतिक दल, नेता, उम्मेदवार, कार्यकर्ता तथा भ्रातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै निर्वाचन आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

 

सो अवधिभर निर्वाचन प्रचारप्रसार, छलफल, गोष्ठीलगायतका कार्य गर्न पाईंदैन । त्यसैगरी, मतदानस्थलभन्दा तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारहरुको प्रचार सामग्री पनि हटाउनु पर्नेछ ।

 

कुनैपनि विधिबाट मत माग्न, सामाजिक सञ्जाल, अनलाइन, छापाबाट उम्मेदवारको पक्ष वा विपक्षमा पोष्ट गर्न नहुने आयोगले जनाएको छ ।

 

यता, मतगणना प्रतिनिधिहरुलाई राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह, झण्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, मास्क, ब्याच र झोला बोक्नमा रोक लगाइएको छ ।

 

उनीहरुले राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी सांकेतिक पोशाक लगाउन नहुने आयोगको भनाइ छ । मतपत्रलगायतका निर्वाचन सामग्री छुन र फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ ।

 

मतदानस्थल वा मतगणनास्थलमा नाराबाजी र हुलहुज्जत गर्न पाइने छैन । त्यस्तै, मतगणनास्थलमा क्यामरा, मोबाइललगायत निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्रीहरु लैजान रोक लगाइएको छ ।

Nepali patro