Banner ad for NADA AUTO SHOW -2026

पहाड उक्लदै मधेसवादी दल

2.5K
shares

स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ। तराई-मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन्।

 

 

 

लोसपाले यसपटक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानपुर, धादिङ, दाडलगायतका पहाडी जिल्लामा उम्मेदवारी दिएको छ। लोसपाका कार्यकारिणी समितिको सदस्य डा.सुरेन्द्र झाका अनुसार लोसपाले यसपटक ४३ जिल्लाका १ सय ८५ स्थानीय तहमा उम्मेदवारी दिएको छ। यसपटक भने धेरै जिल्लामा उम्मेदवारी दिएका छौ’झाले भने, हामी अव बिस्तारै तराई-मधेस बाहेक पहाडी तथा हिमाली जिल्लामा उक्लिँदै छौँ।’ पहाड तथा हिमाल आफ्नो उपस्थिति देखाउने पार्टीको रणनीति भएको उनले बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals