आज काठमाडौंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्ने
वि.सं.२०७९ वैशाख २७ मंगलवार
1.8K
shares
shares
काठमाडौं । स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा ९एमाले०ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्याली सभा स्थल जानेछन् ।

























