प्रहरीले गोली हान्दा उदयपुरमा विप्लव नेकपाका युवकको मृत्यु!
वि.सं.२०७९ वैशाख ३० शुक्रवार
1.9K
shares
shares
काठमाडौं । उदयपुरमा प्रहरीले चलाएको गोली लागेर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक युवकको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा १९ बर्षीय नविन कटुवालको घटनास्थलमै मृत्यु भएको छ। यस्तै प्रहरीले चलाएको गोलीबाट घरमा बसिरहेका १३ बर्षीय मन श्रेष्ठ समेत घाइते भएका छन्।
घटनास्थलमै मृत्यु भएकाा कटुवालको छातिमा गोली लागेको जनाइएको छ। प्राप्त जानकारी अनुसार मृतक विप्लवका कार्यकर्ता समेत हुन्। मृतक युवक विप्लव नेकपाको समर्थन रहेका स्वतन्त्र उम्मेदवार गौरबहादुर कटुवालका भतिजा रहेको बताइएको छ।
सत्तागठबन्धनका कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न खोजेपछि रोक्नेक्रममा विवाद सिर्जना भएपछि प्रहरीले गोली चलाएको बताइएको छ।

























