काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल तेब्बरभन्दा बढी मतले अगाडि

Ghorahi cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिँदा उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलको अग्रता झनै फराकिलो बन्दै गएको छ ।

निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गर्नुभएको छ । डंगोलसँग प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहनु भएको छ ।

तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गर्नुभएको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा रहनुभएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro