बालेनले जिते २८ केजीको खसी

यतिखेर मुलुक नै चुनावी मतपरिणामको उत्सुकतामा झुमेको छ । सबैतिर मतगणना भइरहेको छ । काठमाडौं महानगरमा कसले बाजी मार्ला भनेर धेरैमा कौतुहलता जागेको छ । हालसम्मको मतपरिणाम हेर्दा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह अगाडि देखिएका छन् ।

यसैबीच खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई युवाले बालेनको जय वा पराजयलाई लिएर बाजी ठोकेको लिखत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उक्त नगरपालिकाको वार्ड नम्बर ५ बस्ने विजय फुयाल र रमेश खड्काले २८ केजीको खसीको शर्तमा बाजी ठोकेका हुन् । कागजअनुसार बालेनले चुनाव जितेको खण्डमा रमेशले विजयलाई २८ किलोको खसी दिनेछन् ।

बालेनले चुनाव हारेमा विजयले २८ किलोको खसी बराबरको रकम भुक्तानी गर्ने लिखतमा उल्लेख छ ।

उनीहरुले लिखतमा औंठा छापसमेत लगाएका छन् । साथै, सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य साक्षी बसेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro