काठमाडौँ महानगर अपडेट: एक हजार ३९० मतले बालेन्द्र अगाडि

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन्।

आज अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ४३८ मत पाएका छन्।

नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गरेका छन्। कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ।

 

 

महानगरमा ३२ वडा रहेको छ। शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो। तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो। कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro