मनहरी गाउँपालिका ३ वडामा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल विजयी

हेटौडा (मनहरी) । मनहरी गाउँपालिका वडा नम्बर ३ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल विजयी भएका छन् ।

कुल २ हजार ७ सय ५४ मत रहेको ३ नम्बर वडामा अर्यालले १ हजार ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र) का संजिव पाठकले ७ सय २० मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धि नेकपा एमालेका मानबहादुर बलले ५ सय ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, यता गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । गठवन्धनबाट अध्यक्षमा कांग्रेसले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा नेकपा एमालेले ५ सय ९८ र नेकपा एकिकृत समाजवादीले १ सय ९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि गठवन्धनकै अग्रता कायम छ । गठवन्धनबाट नेकपा (माओवादी केन्द्र) की सिता पुलामि मगरले ७ सय ६९ मत प्राप्त गरेकी छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेकी सुजिता थिङले ५ सय ९९ मत र नेकपा एकिकृत समाजवादीकी मनिला विष्टले ५ सय ५२ मत प्राप्त गरेकी छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro