Banner ad for NADA AUTO SHOW -2026

गिरेन्द्र बहादुर राई बने खोटाङ ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष

2.1K
shares

खोटाङ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

पालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका श्री बहादुर राईलाई उछिन्दै एमालेका गिरेन्द्र बहादुर राई विजयी भएका हुन्।

उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउँदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्।

पालिका अध्यक्षमा निर्वाचित गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत प्राप्त गरेभने उनका निकटतम प्रतिस्पर्धी श्री बहादुर राईले २ हजार ४ सय ८० मत प्राप्त गरे।

civil hospital
Hams Hospitals