काठमाडौँ महानगर-२ मा एमालेको प्यानल विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे ।

वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी भएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसकेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro