भरतपुरमा रेणुलाई पछि पार्दै एमालेका विजय सुवेदीले बढाए ठूलो मतान्तर

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार फेरि पछि परेकी छिन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पुनः अग्रता लिनु भएको हो ।

नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई मेयरमा सुवेदीले पछि पार्नुभएको छ । ११ हजार ७ मत गणना हुँदा सुवेदीले ३८३८ मत प्राप्त गर्नुभयो । अर्कोतिर दाहालले ३८०५ मत ल्याउनुभयो । त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५११ मत पाउनु भएको छ ।

उपमेयरतर्फ भने सत्ता गठबन्धनबाटै उम्मेदवार बन्नु भएका कांग्रेसका चित्रसेन अधिकारी ४३५२ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ । एमालेको समर्थन पाउनु भएकी राप्रपाकी हिमला गुरुङलाई २९९८ मत परेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro