कैलालीमा चुनावी हार स्वीकारेर घर फर्केका उम्मेदवार तीन भोटले विजयी!

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–११ मा निर्वाचनको नतिजा उल्टिएपछि एक उम्मेदवार चकित भएका छन्।

वास्तवमा मत गन्दागन्दै आफूले हार्ने सोचेर घर फर्किएका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका हुन्।

उनले आफूले जित्छु भन्ने सोचेकै थिएनन्। त्यसैले हार्ने सोचेर घर फर्किएका उनले घर पुग्दा जितको खबर पाएपछि अत्यन्तै खुशी भएका छन्।

अन्ततः नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भए। कठरियाले ६६९ मत पाउँदा जोगीले ६७२ मत पाए।

मतगणना शुरु भएदेखि नै कांग्रेस र जसपाबीच कडा टक्कर थियो।

Shangri-la Development Bank Ltd.
Nepali patro