नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ६४ लाख ४२ हजार ६८९ दशमलव ४९ कित्ता बोनस शेयर मंगलवार दोस्रो बजारमा सूचीकृत गराएको हो ।

बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro