भरतपुरमा रेनु दाहालको अग्रता कायमै

2.2K
shares

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिएकी हुन।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उनलाई पच्छ्याइरहेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गरेका छन। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गरेका छन्।

हाल भरतपुर महानगरपालिका–५ को मत गणना जारी रहेको छ। वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले एक हजार ४६४ मत र एमालेका पदमपाणि सुवेदीले एक हजार ३५३ मत प्राप्त गरेका छन। यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ।

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम गरेको छ।

civil hospital
Hams Hospitals