Banner ad for NADA AUTO SHOW -2026

बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

1.5K
shares

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडी छन्। स्थापित बालेनलाई ६ हजार ८८५ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार १०९ मत प्राप्त गरेकी छन्।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन्।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ। दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ।

civil hospital
Hams Hospitals