काठमाडौं महानगरमा बालेन शाहको भारिमतको अग्रता कायमै
वि.सं.२०७९ जेठ ५ बिहीवार
2.4K
shares
shares
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजारभन्दा बढी मत पाएका छन्।
बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १४७ मत पाएका हुन्।
यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १९० मत पाएकी छन्।





























