नयाँ दललाई फापेको स्थानीय निर्वाचन
वि.सं.२०७९ जेठ ६ शुक्रवार
shares
Photo By: 3f]8f3f]8Lsf gjlgjf{lrt gu/k|d'v / pkk|d'v
uf]bfj/L, % h]7 M
s}nfnLsf] 3f]8f3f]8L gu/kflnsfsf gjlgjf{lrt gu/k|d'v v8s /fjt / pkk|d'v u'lnof rf}w/L . tl:a/ M dLg 7s'/L÷/f;;
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ । मतगणना जारी रहेकामध्ये पोखरा महानगरपालिकासहित छ स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ । मतगणना सम्पन्न भएका १७ स्थानीय तहको उपप्रमुखमा समेत एकीकृत समाजवादीले जित हासिल गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।






























