काठमाडौंको पछिल्लो मतः लौरो चिन्हका बालेन काँग्रेस र एमालेभन्दा १७ हजारले अगाडि

2.2K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ४१ हजार २७९ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २३ हजार ८५५ मत प्राप्त गरेकी छन् ।

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनाकोभन्दा बालेनले १७ हजार ४२४ बढी मत प्राप्त गरिसकेका छन् ।

 

एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २३ हजार २४ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १८ हजार २५५ बढी मत प्राप्त गरेका छन् ।

civil hospital
Hams Hospitals