Banner ad for NADA AUTO SHOW -2026

अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई कारबाही सिफारिस

2.2K
shares

चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत सिफारिस गरेको हो। नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको बताए। आजकोनेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals