दुर्गा प्रसाइ वृन्द्रावन जानि कि नजाने ?
वि.सं.२०७९ जेठ ९ सोमवार
shares
काठमाडौं। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख रहेका दुर्गा प्रसाईंले माओवादी र नेकपा एसबारे गरेको दाबी उल्टिएसँगै उनले पनि बोली फेरेका छन्।
स्थानीय निर्वाचन अगाडि प्रसाईंले माओवादी केन्द्र र नेकपा एसले एक सिट जिते भने आफूले सबै सम्पत्ति त्याग्ने र वृन्दावन जाने बताएका थिए।
तर निर्वाचन परिणाम सार्वजनिक भइरहँदा माओवादी र नेकपा एसले विभिन्न स्थानमा राम्रो सिट जितिरहेको अवस्था छ। परिणामअनुसार माओवादीले सयौं स्थान हात पारिसकेको छ।
नेकपा एसले पनि दर्जनौं सिट जितिसकेको छ। यसबीचमा यी पार्टीले एक सिटपनि नजित्ने दाबी गरेको प्रसाईंले बोली फेरेका हुन्।
उनले गठबन्धन गरेकाले मात्र माओवादी र नेकपा एसले कयौं स्थानमा चुनाव जितेको उल्लेख गर्दैै उनीहरुको मनोबल घटाउन त्यस्तो बोलेको उल्लेख गरेका छन्।
उनले आफूले किन वृन्दावन जाने भनेर पनि पत्रकार प्रकाश सुवेदीलाई उल्टै प्रश्न गरेका थिए।
उनले गठबन्धन नगरे अझै पनि यी पार्टीले एक सिट नजित्ने उनको भनाइ रहेको छ।





























