Banner ad for NADA AUTO SHOW -2026

बढ्यो हवाई भाडा, कुन रूटमा कति ? (सूचीसहित)

1.9K
shares

काठमाडौं ।नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।

वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जानकारी गराएको हो । गन्तव्यअनुसार भाडा फरक फरक रहेको सं‌‌घले बताएको छ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

 

हेर्नुहोस् भाडादर सूची :

civil hospital
Hams Hospitals