एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी नियुक्त, दुई दशकको अनुभव

19.8K
shares
Nabil bank

काठमाडौँ ।एन आई सी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका उनलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

 

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

 

उनी २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट एनआइसी एशियामा जोडिएका हुन् ।

 

बैंकर राठीले बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

उनले समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन् ।

 

बैंकले राठकीको अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रूपान्तरणमा पु¥याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको जानकारी दिएको छ ।

 

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव सङ्गाल्नुभएका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यस नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने पूर्ण विश्वास रहेको बैंकले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x