खुम्चियो महिला नेतृत्व

1.5K
shares

गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर मा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।

२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।

 

 

स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुख र उपाध्यक्षमा गरी चार जना महिलामा सीमित भएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा यस पटक नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्ष, हेटौँडा उपमहानगर पालिका र थाहा नगर पालिकामा उपप्रमुख तथा बाँकी सात गाउँपालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो ।

 

 

नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच नौ वटा पालिकामा चुनावी गठबन्धन भएपनि हेटौँडा उपमहानगर पालिकामा प्रमुख र तीनवटा पालिकामा मात्र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

civil hospital
Hams Hospitals