काठमाडौं महानगरमा बालेन शाहको जित सुनिश्चित
वि.सं.२०७९ जेठ ११ बुधवार
2.2K
shares
shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ। मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।
मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।





























