मित ज्यूलाई मेयर भएकोमा बधाई: लाहुरे

Ghorahi cement

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन शाहका समर्थकहरुले काठमाडौं लगायत देशका विभिन्न स्थानमा विजय जुलुस निकाल्न थालिसकेका छन्।

यतिबेला काठमाडौंको मतगणना अन्तिम चरणमा पुगेको छ। शुक्रबार भोलि बालेन औपचारिक रुपमा मेयर भएको घोषणा हुनेछ।

बिहीबार साँझ ७०० मत गन्न बाँकी रहँदा उनले ६१ हजार ३९० मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार १८७ र नेकपा एमालेका केशव स्थापितले ३७ हजार ९४४ मत ल्याएका छन्।

यसबीचमा नेपालका चर्चित र्यापरले बालेनलाई मेयर भएकोमा शुभकामना दिएका छन्।

उनले बालेनलाई मित ज्यू भनेर सम्बोधन गरेका छन्। लाहुरेले भनेका छन्,बालेन मिज्जुलाई धेरै धेरै बधाई र शुभकामना। यो जितले नयाँ सोच बोक्ने दिमागहरु, नयाँ सपना देख्ने आखाहरु र जोश जागरले भरिएका पाखुराहरुलाई प्रेरणा दिने छ सधै भरी।’

Nepali patro