घरजग्गा दलाल बन्न अब लाइसेन्स अनिवार्य गरिने

सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ। घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट सुरु गर्न लागेको हो।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।

 

 

 

‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिने छ,’ मन्त्री शर्माले भने।

आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यन्वयन गरी क्रमसः सबै स्थानीय तहमा लागु गरिने उनले जनाए।

Shangri-la Development Bank Ltd.
Nepali patro