त्रियुगा १० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण पाण्डे निर्वाचित
वि.सं.२०७९ जेठ १७ मंगलवार
2K
shares
shares
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १० मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ।
वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो । बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका किरण पाण्डेले बाजी मारेका छन्।
नेपाली कांग्रेसका खड्का र एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाशकुमार खड्का पराजित भएका हुन्।






























