रामकुमार आचार्यको पर्दाफास, यसरी लाउँछन कार्यकर्तालाई खुल्लेआम वार्गेनिङ गर्न

Ghorahi cement

काठमाडौं।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन सकिए लगत्तै स्थानिय तहहरु कार्यपालिका गठनमा अगाढी वढेका छन् । कतिपय स्थानिय तहले कार्यपालिका गठन गरिसकेका छन् भने कतिपय गठन गर्ने तयारीमा जुटेका छन् । यस्तै गठवन्धनको वहुमत रहेको धादिङको थाक्रे गाउँपालिकामा कार्यपालिका गठन गर्ने कार्य पेचिलो वन्दै गएको छ ।

गाउँपालिका अध्यक्षको पक्षमा वहुमत पुर्याउन गठवन्धनको निर्वाचित महिला सदस्यसंग पैसाको वार्गेनिंङ भएको अडियो वाहिर सार्वजनिक भएको छ । यस अडियो सार्वजनिक भए संगै कार्यपालिका गठन प्रकृयामा थप समस्या चुलिएको छ । गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको नेतृत्वमा संम्वाद गर्न लगाएको भन्ने उक्त अडियोवाट पुष्टि हुन्छ । 

 

गठवन्धनवाट निर्वाचित हुने महिला वडा सदस्य संग सम्वाद गर्ने महिला अनेमसंघ जिल्ला कमिटि सदस्य शान्ता हमाल हुन् । उनले उक्त अडियोमा भनेकी छिन “भर्खर रामकुमार संग कुराकानी भएको र खर्च भएको रकम दिने भन्नुभएको छ र यस कुरा वाहिर नलैजान र गोप्य राख्नको लागी सुझाएकी छिन” । निर्वाचित महिला सदस्यले आफ्नो १० लाख खर्च भएको वताएकि छिन् । थप सम्वादवारे जानकारीको लागी तल भिडियो राखिएको छ ।

 

यस्ता किसिमको गतिविधि कुनै पनी राजनितिक पार्टीहरुले गर्न सुहाउदैन र गर्न हुन्न । विकासको लागी स्पष्ट, स्वार्थरहित लक्ष्य लिएर निर्वाचनमा होमिएको एक कुशल नेतृत्व हो भने यस किसिमको हर्कत गर्न कुनै पनी आवश्यकता पर्दैन । वहुमत पुर्याउने जोडघटाउका नाममा खुलेआम वार्गेनिङ गर्ने र आफ्नो पक्षमा वहुमथ पुर्याई हालिमुहाली गर्ने अपवित्र काममा कोही पनी नेताहरु अग्रसर हुनु राम्रो होइन् । यस गलत कार्यप्रति सवैको गम्भिर ध्यानाकर्षण भएको छ ।

 

थप विवरण आउन बाँकी क्रमशः……..

Nepali patro