त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित [ नतिजाहेर्ने तरिकासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मास्टर ऑफ आर्ट्स (एमए) अंग्रेजी दोस्रो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

एमए अंग्रेजी सेकेण्ड इयरको परीक्षा २०७७ को नतिजा प्रकाशित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको अफिसियल वेबसाईट https://tuexam.edu.np/ मा गएर हेर्न सक्नुहुनेछ । आफूले हेरिसकेपछि तपाईको नभएपनि प्रतिक्षारत विद्यार्थीहरुका लागि यो सामाग्री सेयर गरिदिनुहोला ।

 

‘विश्वविद्यालयलाई राजनीतिक अखडा बनाइनु हुँदैन ’

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नहुने बताउनुभएको छ ।

 

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक बन्नुपर्छ भन्नुभयो ।

 

सभामुख शाहीले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक गतिविधिमा बढी केन्द्रित हुने गरेकाले विश्वविद्यालयको विश्वसनियता गुम्न पुगेको विचार व्यक्त गर्नुभयो ।

 

“विश्वविद्यालय पढाउने, अनुसन्धान गर्ने थलो हो, राजनीति गर्ने र राजनीतिक प्रयोगशाला बन्ने थलोका रुपमा पहिचान बनाउनु हुँदैन”, उहाँले भन्नुभयो, “नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको छ, अब सुधार गरेर गुमेको विश्वास फर्काउनुपर्छ ।”

 

विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने केन्द्र बन्न नहुने धारणा राख्दै उहाँले नेपाली युवा विद्यार्थी उच्च शिक्षा पढ्न विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य विश्वविद्यालयले नै गर्नुपर्ने सुझाव दिनुभयो ।

 

सभामुख शाहीले कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई प्रविधिमैत्री बनाई विश्वको आवश्यकताअनुसार समयसापेक्ष परिवर्तन भई काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।”

 

उत्पादित शैक्षिक जनशक्तिलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुुर सिंहले विश्वविद्यालयले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढेको बताउनुभयो । “स्थापनाकालदेखि विभिन्न आरोहअवरोह पार गर्दै आए पनि पछिल्ला केही वर्षयता राजनीतिक खिचातानी रोकिएको छ, राम्रो काम गर्नेलाई जुनसुकै आस्था र विचारको भए पनि प्रोत्साहन गर्ने काम भएको छ”, उपकुलपति सिंहले भन्नुभयो, “विश्वविद्यालयबाट कर्णालीका लागि मात्र नभई विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने प्रयत्नमा छौँ, विश्वमा बढी बोलिने विभिन्न छ वटा भाषामा पढ्ने व्यवस्था मिलाएका छौँ ।”

सुर्खेतमा केन्द्रीय कार्यालय भई २०६७ साल असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा छ सङ्काय, सात केन्द्रीय र १० आङ्गिक क्याम्पस छन् । सुर्खेत सभाहलमा आयोजित वार्षिकोत्सवमा समारोहमा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा भारती जोशी, विश्वविद्यालयका रजिष्ट्रार डा नारायण पौडेल, विभिन्न सङ्कायका डिनहरु, अनुसन्धान निर्देशक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro