अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सम्झौता भएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनका बिचमा ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro