जनार्दन र बर्षमानले माओवादी खरिद गर्न सक्छन्ः मुमाराम खनाल

Ghorahi cement

काठमाण्डौँ । राजनैतिक विश्लेषक मुमाराम खनालले नेकपा माओवादी केन्द्रमा दुई नेताको दबदबा रहेको बताएका छन् । एक समय माओवादीमा दिलो ज्यान दिएर लागेका खनालले अहिले माओवादी रुकुमका जनार्दन शर्मा र रोल्पाका बर्षमान पुनको कब्जामा रहेको बताएका हुन् ।

एक टेलिभिज कार्यक्रममा उनले माओवादी भनेको रुकुम र रोल्पा अनि रुकुम र रोल्पा भनेको माओवादीजस्तो भएको बताए । माओवादीका यी दुई नेता जहिले पनि पावरमा रहेको बताउँदै भ्रष्टाचारबाट उनीहरुले अकुत पैसा कमाएको पनि उनले आरोप लगाए ।

अन्र्तवार्तामा उनले भनेका थिए ‘माओवादी भन्या त कस्तो छ भने रुकुम र रोल्पाले बाहेक अरु कुनै जिल्लाले अवसर लिन सकेनन् । रुकुम रोल्पाले यति धेरै अवसर लिएको छ कि, रुकुम रोल्पा मात्रै माओवादी, माओवादी रुकुम रोल्पा भएको छ । त्यहाँबाट आएका नेता हेर्नुभयो भने कहिल्यै पनि पावरभन्दा तल छैनन् । पावरमा तिनै मान्छे छन् । रुकुम र रोल्पाका राजा माओवादीका राजा भए । ती दुईटालाई रिझाएर प्रचण्डले जुन अहिलेसम्मको बर्चस्व बनाउने कोसिस गर्नुभएको । ती दुईजनामा झगडा फेरि रुकम ठुलो कि रोल्पा ठुलो । जनयुद्धमा योगदान चाहिँ त्यही दुई जिल्लाले मात्र दिएको भन्ने भ्रम जुन छ । जुन तरिकाले राजनीति चलिराछ । त्यो राजनीतिमा दुई जनाले मात्रै लाभ लिए । कहिल्यै पनि पावरभन्दा तल छैनन् र ती दुई जनाले नै यो पार्टीलाई प्रचण्डलाई घुमाउने र बार्गेनि गर्ने । ती दुई जनाको झन् ठुलो गिरोह छ । त्यो गिरोहमा पहिला कृष्ण महारा थिए । महरालाई ल्याएर साइजमा राख्ने काम गरेका हुन् प्रचण्डले । तर अहिले महरा कमजोर भए । उनको नैतिकता पनि कमजोर भयो । राजनीति पनि कमजोर भयो । यी दुई बलिया छन् । राजनीतिबाट लाभ लिने । भ्रष्टाचारबाट पैसा आर्जन गर्ने पनि ती दुई नेता हुन्, त्यसकारणले माओवादी पार्टी भन्या त जो संग बढी पैसा छ उसैले चलाउने हो । र प्रचण्ड डराउने पनि ती २ जनासंग हो । ती दुई जनाले सबैभन्दा धेरै भ्रष्टाचार गरेका छन् । सबैभन्दा धनि पनि छन् । पार्टी पनि खरिद गर्न सक्छन् । प्रचण्डबाहेक पार्टी खरिद गर्ने ती जनामात्र छन् ।’

 

हिजो माओवादीमा सक्रिय भएर लागेका मुमाराम बाबुराम भट्टराईले नयाँ पार्टी खोलेपछि त्यतै लागेका थिए । त्यसपछि उनी अहिले मौन छन् ।

Nepali patro