श्रीपेच विवादमा बालेनले मागे माफी, फिर्ता गरे मुकुट

Ghorahi cement

काठमाडौं। नेपालको पहिलो टेलिभिजन र्‍याप गायन प्रतियोगिता ‘नेपहपको श्रीपेच’का विजेतालाई लगाइदिएको मुकुटको विषयमा विवाद बढेपछि र्यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माफी मागेका छन्।

सो मुकुट बौद्ध धर्ममा पवित्र मानिने भएकाले सो मुकुट प्रतियोगिताका विजेता भाइबर साइमनलाई लगाइनु धर्मको विरुद्धमा भएको टिप्पणी भएको थियो।

यससँगै सो कार्यक्रममा निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका हुन्।

बालेन र भाइबरले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिए। गत शनिबार बालेन साहले विजेता भाइबरलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए।

 

बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ।

 

बालेनले आफ्नो उद्देश्य कुनैपनि धर्मको आस्था र अस्मितामाथि ठेस पुर्याउने नभएको बताएका छन्। उनले यस्ता गल्ती नदोहोर्याउने पनि जनाए।

Shangri-la Development Bank Ltd.
Nepali patro