हरिहरसंग लगनगाँठो कस्न लागेकी नीताले दिइन् ‘ब्याचलर पार्टी’
वि.सं.२०७९ असार २१ मंगलवार
12.7K
shares
shares
काठमाण्डौँ । युवा ज्योतीष हरिहर अधिकारीसँग विवाह गर्न लागेकी अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन्। करिब ४ वर्षको प्रेमपछि अधिकारीसँग नीताले असार २४ गते विवाह गर्दै छिन् ।
त्यसको खुसीयालीमा उनले मंगलबार होटल याक एण्ड यतीमा आफ्ना नजिकका साथीलाई ‘ब्याचलर पार्टी’ दिएको सामाजिक संजालमार्फत् जानकारी दिएकी छिन् ।
उनले सो तस्विर फेसबुकमा शेयर गरेकी छन् । उनको बिहे दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि आयोजना हुने र बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ।
Subscribe
0 Comments
Oldest
































