बुढीगंगामा मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

2.8K
shares

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा अहिलेसम ४ वडाको मत गणना सकिएको छ ।

मतगणना सकिएका ४ वटै वडामा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको छ। मत गणना सकिएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर– ९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

एमालेले ४ वटा वडा जित्दा १ मा कांग्रेस र ३ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् ।

बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि गठबन्धनका उम्मेदवार भन्दा एमालेका उम्मेदवार फराकिलो रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

 

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का (कुवँर) ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिष्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

civil hospital
Hams Hospitals