धादिङ्गका अनिशराज प्रजापति एसइइमा धादिङ्गकै उत्कृष्ट

एसइइ परीक्षामा धादिङ्ग जिल्लाबाट नीलकण्ठ माविका अनिशराज प्रजापतिले जिल्लाकै उच्च जिपिए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज निकालेको नतिजाअनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन् । त्यस्तै ३.९० जिपिए ल्याएर नीलकण्ठ माविकै दिवश अधिकारी र द राइजिङ भिलेज स्कूलका कोविडमणि रिमाल जिल्लाकै दोश्रो भएका छन् ।

यस्तै छात्रातर्फ नीलकण्ठ माविकी अनुपमा दुवाडी, कन्चना पौडेल र द राईजिङ भिलेज बोर्डिङ स्कूलकी आष्मा सुवेदीले ३.८५ जिपिए ल्याएका छन् ।

धादिङबेसी सदरमुकाममा रहेको नमूना विद्यालय नीलकण्ठ मावि जिल्लाको सबैभन्दा धेरै जीपीए ल्याएर विद्यार्थी पास गराउनेमा छानिएको छ । निजी विद्यालयहरुको बीचमा रहेको नीलकण्ठ माविले यो वर्ष २ सय ४४ जना विद्यार्थीलाई परीक्षामा सहभागी गराएको थियो ।

धादिङ्ग जिल्लाबाट ६ हजार २ सय २४ जनाले एसइइ परीक्षा दिएका छन् । त्यसमध्ये नियमितफर्तबाट ५ हजार ९ सय ५३,प्राविधिक तर्फबाट २ सय ९, खुल्ला तर्फबाट ३९ र ग्रेस बृद्धिबाट २३ जना सहभागी छन् ।

 

जिल्लाभर एक सय ५५ वटा विद्यालयका विद्यार्थीले २६ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । जिल्लाका एक सय ३२ वटा सामुदायिक विद्यालय, २१ वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक विद्यालय, एक वटा खुल्ला र एक वटा अनौपचारिक विद्यालयबाट विद्यार्थीहरु एसइइमा सहभागी भएका थिए । जनआस्था

यसरी थाहा पाउनुहोस् आफ्नो परिणाम:

Shangri-la Development Bank Ltd.
Nepali patro