कोरोनाबाट थप एक जनाको मृत्यु, ८९५ संक्रमित थपिए

काठमाडौं । नेपालमा सोमबार एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

५ हजार ९ सय ९ जनामा परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। आज २६४ जना संक्रमणमुक्त भएका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro