इन्धनको मूल्य घटेर आयो
वि.सं.२०७९ साउन १६ सोमवार
17.4K
shares
shares
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई पठाएको नयाँ मूल्यसूचीमा केहि घटेर आएको छ।
आयल निगमका अनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ।
यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ। खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ।
मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ।
योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ।
Subscribe
0 Comments
Oldest






























