ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं ।नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ।

राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेका हुन।

 

ब्याजदर बढ्ने आशंकालाई लिएर सेयर बजारमा आएको गिरावट भने आज पनि थामिएन।

 

शुक्रबार बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेपनि शेयर बजारमा १.६१ प्रतिशतले गिरावट आएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro