छोरीको जन्मदिनमा चौधरीले गुराँस लाइफबाट गराइन् १० लाखको बीमा

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा १० लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बीमा गराएकी हुन् ।

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बिमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन् ।

गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।

Shangri-la Development Bank Ltd.
Nepali patro