रामकुमारी झाँक्री गुल्मी-२ बाट चुनाव लड्ने
वि.सं.२०७९ भदौ ५ आइतवार
2K
shares
shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्।
गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन्।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेकी छन्। ‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु’, झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन्।




























