वैद्य माओवादीले चुनाव बहिष्कार गर्ने
वि.सं.२०७९ भदौ १२ आइतवार
1.3K
shares
shares
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ।
केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको हो।
उक्त नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत गर्ने भएको छ।
संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित उदारवादी हिसाबले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको पार्टीको ठहर छ।




























