स्वतन्त्र पार्टीमा रवि लामिछानेको आलोचना गर्न निषेध!

1.4K
shares

काठमाडौं । हालै रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टीका संयोजक लामिछानेको आलोचना गर्न निषेध गरिएको छ।

हालै उक्त पार्टीले आफ्ना हेटौंडा उपमहानगर समिति संयोजक सन्तोष न्यौपानेमाथि कारबाही गरेपछि सो कुराको पुष्टि भएको हो।

न्यौपानेले रविको आलोचना गरेको भन्दै केन्द्रीय प्रवक्ता डा.मुकुल ढकालले उनलाई पार्टीबाट निकालेका हुन।

विज्ञप्ति जारी गर्दै प्रवक्ता ढकालले पार्टीको मूल नीति र आचरणविपरित फेसबुकमा न्यैपानेले स्टाटसहरु लेखेको आरोप लगाएका छन्।

 

बागमती प्रदेश समिति सिफारिसको आधारमा न्यौपानेलाई साधारण सदस्यबाट समेत निलम्बन गरिएको ढकालको पत्रमा उल्लेख छ।

 

न्यौपानेले रवि विरुद्ध फेसबुकमा लामिछानेको गोजीको सिद्धान्तलाई सबैले मान्नुपर्ने कारण नरहेको भन्दै स्टाटस पोष्ट गरेका थिए ।

 

उनले लेखेका थिए,‘लामिछानेको गोजीको सिद्धान्त मानिदिनुपर्ने के हामी २१औं शताब्दीका मुर्ख नेपाली हौं?’

 

यस्तै अर्को स्टाटसमा उनले पार्टीको चन्दा असुल्ने नीति नहुँदानहुँदै स्वतन्त्र पार्टीले चन्दा मागेर कार्यक्रम गर्ने गरेको भन्दै आलोचना गरेका छन्। हालै हेटौँडामा भएको कार्यक्रमा कोक,फ्याण्टा, हल भाडा, ब्यानर र खाजा खान पनि चन्दा मागेको उनले बताएका छन्।

 

अरु पार्टीको आलोचना गर्दै गठन भएको स्वतन्त्र पार्टीले आफ्नै कार्यकर्ताको आलोचना सहन नसकेर कारवाहीको डण्डा चलाएको भन्दै सामाजिक सञ्जालमा रविको आलोचना सुरु भएको छ।

civil hospital
Hams Hospitals