नक्सा पास नभएका भवनलाई महानगरको अत्यन्त जरुरी सुचना
वि.सं.२०७९ भदौ २३ बिहीवार
1.8K
shares
shares
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न’ अनुरोध गरेको हो।






























