निर्वाचनमा गुन्डानाइकेदेखि जघन्य अपराधका आरोपितसमेत उम्मेदवार, को के मा मुछिएका छन् ?

1.5K
shares

उपलब्धि गुम्ने त होइन भन्ने आमचासो र चिन्ताप्रति गम्भीर सरोकार छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

गुन्डानाइके मात्रै होइन, दलहरूले भ्रष्टाचार र जघन्य अपराध आरोपमा जेल बसेका नेतालाई समेत उम्मेदवारका रूपमा चर्चामा ल्याएका छन्, सिफारिस गरेका छन् ।

 

२०७४ मा निर्वाचित सांसद् विजयकुमार गच्छदार र मोहम्मद आफताब आलम अहिले प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् । यद्यपि, उनीहरू अहिले उम्मेदवारका लागि स्थानीय कमिटीले सिफारिस गरेको छ ।

 

रेशम चौधरी

 

२०७४ मा वारेसनामामार्फत् मनोनयन दर्ता गराएर निर्वाचनमा विजयी रेशम चौधरीलाई समेत नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

 

‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर चौधरी अहिले जेल सजाय काटिरहेका छन् । तर, उनलाई बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

२०७२ को घटनालाई लिएर जेल परेका चौधरीले जेलबाटै श्रीमती रञ्जिताको नाममा पार्टी खोलेका छन् । स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल बनेको छ । थारु आन्दोलन पक्षधरले टीकापुर घटनालाई आपराधिक नभई राजनीतिक घटनाका रूपमा लिनुपर्ने दाबी गर्दै आएका छन् । राजधानी दैनिक

civil hospital
Hams Hospitals