चुनावको १५ दिन अघि जाँडरक्सी बेच्न र पिउन निषेध

1K
shares

काठमाडौं। सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १५ अगाडि जाँडरक्सी सेवनमा रोक लगाउने भएको छ।

चुनावलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न तयारी थालेको छ। शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न–गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।

गृहको पछिल्लो सर्कुलरमा भनिएको छ, ‘निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन, मतदानको मितिभन्दा १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने’ निर्णय आवश्यक कार्यार्थ निर्देशन भई आएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्न गराउनुहुन आदेशानुसार अनुरोध छ’।

civil hospital
Hams Hospitals