गठबन्धन सरकारले चुनावमा धाँधली गर्न खोजिरहेछ: केपि ओली
वि.सं.२०७९ असोज ८ शनिवार
1.6K
shares
shares
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले आगमी निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन्।
धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले धाँधली गर्ने योजना बनाएको बताएका हुन्।
साथै उनले गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा भइरहेको पनि बताएका छन्।




























