मत सर्वेक्षणमा रोक

1.1K
shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो गरेमा एक लाख रुपियाँसम्म कारबाही हुने चेतावनी दिएको छ।

 

निर्वाचन आचारसंहिताले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ।

 

 

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्‍न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने तथा कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने व्यवस्थासमेत आचारसंहिताले गरेको छ।

civil hospital
Hams Hospitals