डडेल्धुरा प्रशासनले भन्यो: प्रचार गर्न कसैमाथि रोक लगाइएको छैन
सिंहदरबार न्यूज
वि.सं.२०७९ कात्तिक २१ सोमवार
1.1K shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक विज्ञप्ति जारी गर्दै कुनै पनि उम्मेदवारलाई अवरोध तथा रोक नलगाइएको जनाएको छ।
प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका सागर ढकालले डडेल्धुरामा प्रचार प्रसार गर्दा आफूमाथि रोक लगाएपछि प्रशासनको यस्तो विज्ञप्ति आएको हो।