काठमाडौं क्षेत्र नं २ को मुख्य प्रतिस्पर्धामा मणिराम र ओनसरी

2.3K
shares

काठमाडौं।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ। सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

 

घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा हुनुहुन्छ।

 

 

विसं २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी हुनुभएको थियो। नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्र्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गर्नुभएको थियो। अहिले नेपाल नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष हुनुहुन्छ। त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो।

 

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जीत हासिल गरेका छन्।

 

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन्। जसमध्ये कांग्रेसले काठमाडौँ महानगरको ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ। त्यस्तै एमाले काठमाडौँ महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नं ४ मा विजयी भएको छ।

 

कांग्रेसका वडाध्यक्षहरुले कुल नौ हजार पाँच सय ७०, एमालेले १३ हजार आठ सय १५, एकीकृत समाजवादीले पाँच हजार आठ सय ६१ र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ सय ५० मत प्राप्त गरेका छन्।

 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल ९उपाध्याय०, जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस ९बिपी०बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवारी रहेको छ।

 

क्षेत्र नं २ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल मतदाताको सङ्ख्या ८१ हजार नौ सय ७० रहेको छ।

 

जसमध्ये महिला ४० हजार नौ र पुरुष ४१ हजार नौ सय ६१ मतदाता रहेका छन्।

civil hospital
Hams Hospitals